दफा ६२
भ्रष्टाचार, चोरीको कसुर सम्बन्धी विशेष व्यवस्था
(१) प्रचलित कानुन बमोजिम भ्रष्टाचार, चोरी  गरेको ठहरिने कार्य गरेमा भ्रष्टाचार, चोरी सम्बन्धी कसुर गरेको मानिनेछ ।
(२) उपदफा (१) अन्तर्गतका कसुरको अनुसन्धान तथा तहकीकात गरी मुद्दा दायर गर्ने प्रयोजनका लागि देहाय बमोजिमको समिति रहनेछ ः-
(क) नेपाल सरकारले तोकेको नायव महान्यायाधिवक्ता – अध्यक्ष
(ख) रक्षा मन्त्रालयको कानुन शाखा प्रमुख – सदस्य
(ग) प्राड विवाकको कम्तीमा सेनानीस्तरको प्रतिनिधि – सदस्य
(३) उपदफा (२) को खण्ड (ग) मा उल्लिखित प्रतिनिधि सम्बन्धित मुद्दाको सैनिक अदालतसंग सम्बद्ध नभएको व्यक्ति हुनु पर्नेछ ।
(४) उपदफा (१) अन्तर्गतका मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार दफा ११९ को उपदफा (१) बमोजिम गठित सैनिक विशेष अदालतलाई हुनेछ ।
(५) उपदफा (२) बमोजिमको समितिलाई प्रचलित कानुन बमोजिम तत् तत् मुद्दाको सम्बन्धमा अनुसन्धान तथा तहकीकात गर्ने अधिकारीलाई भएसरहको अधिकार हुनेछ ।